तान्जानियाको ४३ जना सवार विमान भिक्टोरिया तालमा दुर्घटना

काठमाडाैं । आइतबार (नोभेम्बर 6) तान्जानियाको उत्तरपश्चिमी सहर बुकोबामा अवतरण हुनुभन्दा केही समय अघि खराब मौसमका कारण ४३ जना सवार विमान भिक्टोरिया तालमा दुर्घटनाग्रस्त भएको छ ।
प्रिसिजन एयरको उक्त विमानमा ४३ जना सवार थिए जसमध्ये २६ जनालाई उद्धार गरी अस्पताल पठाइएको स्थानीय अधिकारीले बताए । उद्धारकर्ता र माछा मार्ने स्थानीयहरू जिबित मानिसको खोजी गर्न घटनास्थलमा छन् । अफ्रिकाको सबैभन्दा ठूलो ताल भिक्टोरियाबाट विमान उद्धार गर्न उद्धारकर्ताहरूले डोरी प्रयोग गरिरहेका छन् ।
‘हामी ल्यान्डिङ गियर अड्किएको छ कि छैन भनेर हेर्न चाहन्छौं ताकि हामी यसलाई पानीबाट बाहिर निकाल्न थप प्राविधिक सहयोग माग्न सक्छौं,’ शीर्ष क्षेत्रीय अधिकारी अल्बर्ट चालमिलाले भने । यता तान्जानियाको सबैभन्दा ठूलो निजी एयरलाइन प्रेसिजन एयरले एक विज्ञप्ति जारी गरी दुर्घटनाको पुष्टि गरेको छ। ‘उद्धार टोली घटनास्थलमा पठाइएको छ र थप जानकारी दुई घण्टामा जारी गरिनेछ,’ एयरलाइनले भनेको छ ।
विमानको ठूलो भाग पानीमा डुबेको छ । स्थानीय मिडियामा प्रसारित भिडियो फुटेजमा पनि विमानको धेरैजसो भाग पानीमा डुबेको देखाइएको छ। उद्धारकर्मी र माछा मार्ने डुङ्गाले घेरिएको खैरो र हरियो पुच्छरको पखेटाले विमान लगभग पूर्ण रूपमा पानीमा डुबेको देखाउँछ। आपतकालीन कर्मचारीहरूले क्रेनको सहायताले डोरी प्रयोग गरी विमानलाई पानीबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छन ।
स्मरण रहोस प्रेसिजन एयर केन्या एयरवेजको स्वामित्वमा छ। यो १९९३ मा स्थापित भएको हो र यसले सेरेनगेटी राष्ट्रिय निकुञ्ज तथा जन्जीबार द्वीपसमूह जस्ता लोकप्रिय पर्यटकिय गन्तव्यमा आन्तरिक एवम् क्षेत्रीय उडानका साथै निजी चार्टरहरू सञ्चालन गर्दछ।








प्रतिक्रिया