आइतबार, जेठ ६, २०८१

तिरुपति मन्दिर ट्रस्टले घोषणा गर्यो आफ्नो सम्पत्ति

नेपालखोज २०७९ कार्तिक २१ गते ११:०८

काठमाडौं । हैदरावाद-तिरुमाला तिरुपति देवस्थानम (त्त्म्) ले एक श्वेतपत्र जारी गर्दै आफ्नो सम्पत्तिको जानकारि दिएको छ । यसमा मुद्दती निक्षेप र सुन निक्षेपको विवरण समावेस छ । त्त्म् का अनुसार हालको ट्रस्ट बोर्डले २०१९ देखि आफ्नो लगानी दिशानिर्देशहरू परिमार्जन गरेको छ।

ट्रस्टले त्त्म् अध्यक्ष र बोर्डले आन्ध्र प्रदेश सरकारको प्रतिभूतिमा अतिरिक्त पैसा लगानी गर्ने निर्णय गरेको भन्ने सोशल मिडियामा प्रसारित रिपोर्टहरूलाई अस्वीकार गरेको छ । बचत भएको रकम अनुसूचित बैंकमा लगानी गर्ने गरिएको ट्रष्टको दाबी छ । एक प्रेस विज्ञप्तिमा त्त्म् ले भनेको छ , ‘श्रीवारीका भक्तहरूलाई यस्तो षड्यन्त्रपूर्ण झूटा प्रचारमा विश्वास नगर्न अनुरोध गरिन्छ । त्त्म् द्वारा विभिन्न बैंकहरूमा निकै पारदर्शी तरिकाले नगद र सुन जम्मा गरिन्छ।’

तिरुपति मन्दिरसँग कति सम्पत्ति छ ?

मन्दिर ट्रष्टले राष्ट्रियकृत बैंकमा ५ हजार ३ सय करोड भारु भन्दा बढीको १० दशमलव ३ टन सुन रहेको जनाएको छ । यस बाहेक १५ हजार ९३८ करोड भारतिय रुपैयाँ पनि मन्दिरको नाममा जम्मा छ । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार टीटीडीले आफ्नो कुल सम्पत्ति २.२६ लाख करोड रुपैयाँ भएको अनुमान गरेको छ । त्त्म् का कार्यकारी अधिकारी एभी धर्मा रेड्डीका अनुसार मन्दिर ट्रस्टको कुल सम्पत्ति २.२६ लाख करोड भारतिय रुपैयाँ पुगेको छ।

रेड्डीले भने, ‘२०१९ मा विभिन्न बैंकहरूमा फिक्स्ड डिपोजिटमा त्त्म् लगानी १३,०२५ करोड भारु थियो, जुन अहिले बढेर १५,९३८ करोड भारु पुगेको छ।’ पछिल्लो तीन वर्षमा मन्दिरको सम्पत्ति २ हजार ९ सय करोड भारतिय रुपैयाँ बढेको छ । मन्दिर प्रसासनका अनुसार मन्दिरको सम्पत्तिमा भारतभर ७,१२३ एकडमा फैलिएको ९६० वटा बिभिन्न सम्पत्ति समावेश छ । यो मन्दिरको आम्दानी भक्तजन, व्यवसाय र संस्थाहरूले दिएको चन्दाबाट आउँछ।

प्रतिक्रिया