हवाई यात्रा अझै महँगो हुन सक्ने उड्डयन उद्योग विज्ञहरुको चेतावनी

काठमाडौं । भविष्यमा हवाई यात्रा अझै महँगो हुन सक्ने उड्डयन उद्योग विज्ञहरूले चेतावनी दिएका छन् । कोभिड महामारीका कारण अनिश्चितता, अन्तर्राष्ट्रिय बजारमा तेलको उच्च मूल्य र सशस्त्र द्वन्द्व यसका प्रमुख कारण हुन् ।
इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA) का महानिर्देशक विली वाल्शले चीनले सन् २०२३ सम्ममा कोरोना भाइरसको रोकथामका लागि लगाएको प्रतिबन्ध खुकुलो नगरे एयरलाइन्सको आर्थिक पुनरुत्थानमा अझ ढिलाइ हुने बताएका छन । आईएटीएका अध्यक्ष तथा कतार लुफ्तान्सा एयरवेजका प्रमुख कार्यकारी अकबर अल बकरले पनि यस्तै चिन्ता व्यक्त गरेका छन् ।
उनका अनुसार विगत दुई वर्षयता इन्धनको मूल्यवृद्धिका कारण वायुसेवा कम्पनीको घाटा बढेकाले आगामी महिनामा विश्वभरका यात्रुले भाउ थप बढ्ने अनुमान गर्न सक्छन् । पत्रकारहरुसँग कुरा गर्दै वाल्शले उद्योगले केही आशा राखेको तर जेट इन्धनको मूल्य बढिरहने हो भने कम्पनीहरूले सोही अनुसार टिकटको मूल्य बढाउनु मात्र समाधान हुने बताए ।
यो वर्ष पनि उद्योगले घाटा बेहोर्नु पर्नेछ IATA प्रमुख अकबर-अल-बकरका अनुसार-मूल्य दबाब २०२३ वा त्यसपछि सम्म जारी रहनेछ।IATA ले सन् २०२०/२१ मा करिब १८० अर्ब डलर घाटा बेहोरेको र यो वर्ष थप ९.७ बिलियन डलर घाटा हुने अनुमान गरेको छ । अकबर अल बकरको कम्पनीले यो वर्ष १.५ अर्ब डलर नाफा कमाएको छ ।
उनले हवाई यात्राको वातावरणीय हानिका बारेमा जनतालाई भ्रमित गरेकोमा सरकारको आलोचना गरे। कतिपय युरोपेली देशमा ५०० किलोमिटरभन्दा कमको उडान हटाउने जस्ता उपायले पनि लागत बढिरहेको अल बकरको तर्क छ । अल बकरका अनुसार नयाँ वातावरणमैत्री इन्धनको मूल्य अझै बढ्यो भने टिकटको मुल्यमा पनि चाप बढ्छ ।
यता वाल्श भन्छन हङकङको उड्डयन क्षेत्र कोविड प्रतिबन्धले विनाशू भएको छ। सहर अब हवाई यात्रा को लागी एक हब रहेन र क्याथे प्यासिफिक एयरलाइन्सले यसको पुरानो महत्व गुमाएको छ। चीनको शून्य कोरोना भाइरस नीतिका कारण धेरै चिनियाँ फुटबल फ्यान यसपटकको विश्वकप फुटबल हेर्न कतार जान नपाउने बकरले बताए । -एएफपी, एपी

प्रतिक्रिया