विन्डिज-अमेरिकाले २०२४ को टी-ट्वान्टी विश्वकप आयोजना गर्ने: नेपालका लागि सम्भावना

दुबई । अष्ट्रेलियाले आयोजना गरेको टी-ट्वान्टी विश्वकप २०२२ को सुपर १२ चरण आइतबार सम्पन्न भैसकेको छ । जसअनुसार भारत, इंग्ल्याण्ड, न्यूजिल्याण्ड र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल नोबेम्बर ९ र १० मा हुनेछ भने फाइनल अष्ट्रेलियाको सबैभन्दा ठूलो मेलबर्न क्रिकेट मैदानमा नोभेम्बर १३ मा हुनेछ ।
त्यसपछि अर्को टी-ट्वान्टी विश्वकप २०२४ मा खेलिनेछ। यसका लागि १२ वटा देस छनोट भैसकेका छन । अर्को टी-ट्वान्टी विश्वकप वेस्ट इन्डिज र अमेरिकाले संयुक्तरूपमा आयोजना गर्नेछन । विशेष कुरा के छ भने नेदरल्यान्ड्स पनि २०२४ मा हुने विश्वकपका लागि छनोट भएको छ । आइतबारको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिका जस्तो बलियो टिमलाई हराएको थियो । यसले उनीहरुलाई धेरै फाइदा पुर्याएको छ र नेदरल्यान्ड् सीधै २०२४ को मुख्य चरणको राउन्डमा छनोट भएको छ।
यद्यपि , यसका लागि पाकिस्तानले बंगलादेशलाई हराउनु पनिआवश्यक थियो र त्यही भयो । पाकिस्तानले जित हाँसिल गरेसँगै नेदरल्याण्ड्स अर्को टी-ट्वान्टी विश्वकपका लागि छनोट भएको छ ।
छनोट भएका १२ देस
२०२४ को टी-ट्वान्टी विश्वकपका लागि हालसम्म छनोट भएका देशमा वेस्ट इन्डिज, अमेरिका, भारत, इङ्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान, श्रीलंका, नेदरल्यान्ड्स तथा बंगलादेश हुन् भने थप ८ देसको छनोट हुन बाँकी छ । किनभने २०२४ को टी-ट्वान्टी विश्वकप २० मुलुकबीच खेलाइनेछ।
ती २० देसलाई ४ समूहमा विभाजन गरिनेछ । यो विश्वकपले टी-ट्वान्टी विश्वकपमा सुपर-८ राउन्डको पुनरागमनको संकेत गर्नेछ। पहिलो २० टोलीलाई पाँच-पाँचको चार समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर–८ चरणका लागि छनोट हुनेछन् । सुपर–८ राउण्डमा आठ टोलीलाई चार/चारको दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि फाइनल खेल हुनेछ ।
क्षेत्रीय क्वालिफायर
उल्लेखनीय कुरा के छ भने टी-ट्वान्टी विश्वकप २० वटा देसबीच हुने भएको छ । टी-ट्वान्टी विश्वकप २०२२ का शीर्ष आठ टोली र आयोजक संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले २०२४ को प्रतियोगिताका लागि सीधा प्रवेश पाएका छन् भने अन्य दुई टोली आइसिसि वरीयताका आधारमा सीधै छनोट हुनेछन्। बाँकी ८ टोलीको निर्णय क्षेत्रीय छनोट प्रतियोगिताबाट हुनेछ ।
यो छनौटमा नेपालको समेत सहभागिता रहदै आएको छ । सहभागी मुलुकको वृद्धि तथा नेपालको बिगतको प्रदर्सनका आधारमा यो प्रतियोगिताले नेपालका लागि सम्भावना लिएर आएको छ भन्ने कुरामा दुई मत छैन ।
प्रतिक्रिया