आइतबार, जेठ ६, २०८१

संसारमा चन्द्रग्रहणको प्रभाव कस्तो रहला ?

नेपालखोज २०७९ कार्तिक २२ गते ७:३०

आजको चन्द्रग्रहण सन् २०२२ को अन्तिम चन्द्रग्रहण हो । यसअघि अक्टोबर २५, २०२२ मंगलबार खग्रास सूर्यग्रहण लागेको थियो । सूर्यग्रहणको प्रभाव आगामी ३ महिनासम्म रहनेछ भने चन्द्रग्रहणको प्रभाव पनि आगामी ३ महिनासम्म रहनेछ । सूर्यग्रहण वायु तत्व तुला राशिको चिन्हमा थियो र चन्द्रग्रहण मेष राशिमा अग्नि तत्वको चिन्हमा थियो। यस्तो अवस्थामा दुवै ग्रहणको संयुक्त प्रभाव देखिनेछ ।

मेष वा तुला राशि भएका देशहरूले विशेष गरी अर्को ३ महिनासम्म विशेष सतर्क रहनुपर्छ । जस्तैः च, चे, चो, ला, ले, लो, लु, ए, रा, री, रु, रे, रो, ता, तु, ते । उदाहरणका लागि – अमेरिका, चेचन्या, चीन, रुस, अफगानिस्तान, अष्ट्रेलिया आदि देशले विशेष सतर्क हुनुपर्छ । यति बेला आपसी विवादबाट टाढा रहनुपर्छ अन्यथा आमजनतामा विद्रोह वा तनावको स्थिति सृजना हुन सक्छ। चक्रवात, भूकम्प, तुफानजस्ता अचानक ठूला दुर्घटना हुने सम्भावना पनि छ । यी राष्ट्रहरूमा आर्थिक , व्यापारिक वा राजनीतिक क्षति, युद्ध वा युद्ध जस्तो परिस्थिति पनि उत्पन्न हुन सक्छ ।

विश्वका अन्य देशहरूमा पनि जहाँ ठूलो सङ्ख्यामा मानिसहरू भेला भएर उत्सव मनाइन्छ वा ठूला कार्यक्रम आयोजना गरिन्छ त्यहाँ ठूला घटना हुने, हवाईजहाज , ट्रेन , बुलेट ट्रेनजस्ता तीव्र गतिमा गुड्ने सवारी साधन दुर्घटना हुने वा अन्य कुनै घटना घटने सम्भावना रहन्छ । द्रुत गतिमा चल्ने वस्तुहरूले यसमा नकारात्मक प्रभाव पार्छ ।

यो अवस्था विश्वका लागि राम्रो होइन । १५ दिनभित्र दुईवटा ग्रहण लाग्नु अशुभ मानिने ज्योतिषीहरुको भनाइ छ । महाभारतकालमा पनि १५ दिनमा दुईवटा ग्रहण लागेको बताइन्छ । जसमा ठूलो युद्ध भयो र लाखौं सैनिक घाइते भए, त्यसैले यो अवस्थालाई विश्वको लागि शुभ भन्न मिल्दैन ।

प्रतिक्रिया