के पूर्ण चन्द्रग्रहण हेर्न विशेष ब्यबस्था आवश्यक छ ?
नेपालखोज
२०७९ कार्तिक २२ गते १२:५५

काठमाडाैं । अमेरिकी स्पेस एजेन्सी नासा (NASA) का अनुसार सूर्यग्रहणको जस्तो चन्द्रग्रहण हेर्न कुनै विशेष सुरक्षा ब्यबस्था आवश्यक छैन । चन्द्रग्रहण कुनै पनि सहायता बिना नाङ्गो आँखाले हेर्न सकिन्छ । यद्यपि दूरबीन वा टेलिस्कोपको मदतले यसको दृश्य अझ राम्रोसँग हेर्न सकिन्छ ।
नासाको मार्शल स्पेस फ्लाइट सेन्टरका एस्ट्रोफिजिस्ट अल्फोन्स स्टर्लिङका अनुसार औसतमा हरेक १.५ वर्षमा एक पटक चन्द्रग्रहण लाग्ने गरेको छ भने यो वर्ष दुई पटक चन्द्रग्रहण हेर्ने अबसर जुटेको छ । किनभने यसपछि अर्को पूर्ण चन्द्रग्रहण हेर्ने अबसर २०२५ सम्म जुट्नेछैन् ।
सम्बन्धित

प्रतिक्रिया