चन्द्रग्रहणको नकारात्मक असरबाट जोगिन ग्रहण सकिएलगत्तै गर्नुपर्ने उपाय

वर्ष-२०२२को अन्तिम चन्द्रग्रहण आज नोबेम्बर ८ मा लाग्दैछ । यो पूर्ण चन्द्रग्रहण हो । यो ग्रहण खगोलीय दृष्टिले विशेष हुनुका साथै यसको धार्मिक महत्व पनि छ । यस पटक लागेको चन्द्रग्रहण करिब ४० देखि ४५ मिनेटसम्म रहनेछ । यस्तो खगोलीय घटना गत वर्षको मे–जुनमा पनि भएको थियो तर त्यतिबेला नेपालमा सूर्यग्रहण र चन्द्रग्रहण भने देखिएको थिएन । ग्रहणको समयमा कुनै शुभ कार्य हुँदैन । यस अवधिमा भगवानको मूर्तिलाई छुन पनि निषेध गरिएको छ । ग्रहण समाप्त भएपछि यसको नकारात्मक प्रभाव बाट जोगिन के गर्ने रु हेरौ केही जानकारि :
चन्द्रग्रहणको अन्त्यमा सुतक पनि समाप्त हुन्छ तसर्थ ग्रहण सकिएपछि घरको हरेक कुनामा गंगाजल छर्कने । घर, पसल, प्रतिष्ठान आदि राम्रोसँग सफा गर्ने वा धुने काम गर्नुपर्छ । गंगाजल वा कुनै पनि पवित्र नदीको पानी छर्कदा नकारात्मकताको अन्त्य हुनुका साथै ग्रहणको प्रभाव पनि समाप्त हुने विश्वास गरिन्छ ।
यदि नुहाउन सकिदैन भने आफ्नो शरिरमा गंगाजल छर्कन सकिन्छ । यसपछि खानेकुरामा गंगाजल छर्केर शुद्ध गर्नुपर्छ । ग्रहणको प्रभाव सूर्यग्रहण र चन्द्रग्रहण दुबै प्रकारको ग्रहणमा लागू हुन्छ।
किन लाग्छ चन्द्रग्रहण ?
ग्रहणलाई खगोलीय घटना मानिन्छ। सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा आउँदा चन्द्रग्रहण पूर्ण मानिन्छ। सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा चन्द्रग्रहण लाग्छ । पूर्ण चन्द्रग्रहणको समयमा सूर्यको किरण चन्द्रमामा पुग्दैन र चन्द्रमा अँध्यारोमा जान्छ ।
बिशेष सुचना स् यहाँ दिइएको जानकारी धार्मिक विश्वास र लोक मान्यतामा आधारित छ । नेपालखोजले यसको आधिकारिक पुष्टि गर्दैन । यो सामाग्री सर्वसाधारणको सामान्य जानकारिका लागि मात्र प्रस्तुत गरिएको हो ।

प्रतिक्रिया