शनिबार, असार २१, २०८२

पछिल्लो चौबीस घण्टामा १२ संक्रमित, १५ जना निको

नेपालखोज २०७९ कार्तिक २२ गते १७:१८

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर १२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार १५० जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको हो ।

५१९ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा र ६३१ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ५७२ पुगेको छ ।

प्रतिक्रिया