डोटीमा भूकम्पबाट मृत्यु हुनेकाे संख्या ६ पुग्याे

नेपालखोज २०७९ कार्तिक २३ गते ६:१९

काठमाडाैं । मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् ।

पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा घर भत्किदा च्यापिएर ६ जनाको मृत्यु भएको र १ जनाको उद्धार गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले बताए ।

प्रतिक्रिया