चीनलाई शून्य ‘कोभिड नीति ह्यान्डल’ गर्न कठिनाइ

काठमाडाैं । गएको सोमबार (नोबेम्बर ७) पूर्वी चीनको शानडोङ प्रान्तका बासिन्दाहरूको कोभिड- १९ का अधिकारीहरूसँग झडप भएको थियो । उक्त झडप पछि शानदोङको लिनी सहरमा सरकारले नियुक्त गरेका सात जना कोभिड–१९ कार्यकर्ता पक्राउ परे । ती सरकारी कार्यकर्ताले कोभिड नियन्त्रणका कडा उपायहरूको विरोध गरिरहेका स्थानीय बासिन्दाहरूलाई कुटपिट गरेको आरोप छ । लिनी प्रहरीले अवैध रूपमा नागरिकको व्यक्तिगत सुरक्षाको कानुनी अधिकार हनन् गर्नेविरुद्ध कडा कदम चाल्ने बताएको छ ।
वास्तवमा, अहिले नयाँ कोरोना संक्रमणका कारण, सिंगो चिनमामा कोलाहल मच्चिएको छ। चीनको ‘शून्य-कोभिड’ नीति चीनको ‘जीरो-कोभिड’ नीतिमा देशभरबाट प्रतिक्रियाहरू आइरहेका छन्। हालै चीनमा एक तीन वर्षीय बालकको मृत्युको घटना बाहिर आएको छ । कोविड प्रतिबन्धका बेला विषाक्त कार्बन मोनोअक्साइड ग्यासका कारण ती बालकको मृत्यु भएको थियो । प्रतिबन्धका कारण उनले समयमै उपचार पाउन सकेका थिएनन् ।

चिनियाँ सरकारका लागि आफ्नो ‘शून्य-कोभिड’ रणनीति तथा लकडाउन-सम्बन्धि प्रतिबन्ध विरुद्ध जनताको गुनासो सम्बोधन गर्न गाह्रो भइरहेको बताइन्छ । राष्ट्रिय स्वास्थ्य आयोग (NHC) ले नोबेम्बर ७ मा ७,४७५ जना कोरोना संक्रमित भएको रिपोर्ट गरेको थियो, जुन अघिल्लो दिन ५,४९६ थियो। यो तथ्यांक वर्ष २०२२ को मे १ मा आएको सबैभन्दा धेरै बिमारि बराबर हो ।
दक्षिण गुआंग्डोंग प्रान्तमा बढे संक्रमित दक्षिणी ग्वाङ्डोङ प्रान्तको राजधानी ग्वाङ्झाउमा गएको सोमबार २,३७७ नयाँ केस रिपोर्ट गरियो , जुन अघिल्लो दिन अर्थात आइतवार १,९७१ थियो । ग्वाङ्झाउको कुल जनसंख्या १८ लाख भन्दा बढी छ। अहिले चिनियाँ कोभिड अधिकारीहरू कोभिडका कारण बिग्रिएको अवस्थासँग लडिरहेका छन् । हङकङमा हरेक दिन एक हजार बढी केस आइरहेका छन् ।
हङकङमा रहेका दक्षिण चीनका अधिकारीहरू भन्छन् , ‘ग्वाङ्झाउमा विगत दुई हप्तादेखि हरेक दिन १,००० भन्दा बढी केस रिपोर्ट भइरहेको छ । Omicron BA ५.२ का कारण कोरोनाका बिमरिहरुको संख्या उकालो लागेको छ।’
अर्कोतर्फ, भित्री मंगोलियामा १,००० भन्दा बढी संक्रमण रिपोर्ट गरिएको छ भने उत्तरपश्चिम चीनको सिनजियाङबाट पनि ६०० भन्दा बढी घटना रिपोर्ट गरिएको छ । बेइजिङका धेरै प्राथमिक विद्यालयहरू विगत केही दिनमा केही सय नयाँ बिमारि फेला परेपछि अनलाइन भएका छन् । त्यहाँ लकडाउनका कारण सहरका अनेकौं क्षेत्र सिल गरिएको छ ।
प्रतिक्रिया