आशा लघुवित्तको पहिलो त्रैमासिक नाफा एक करोड ८६ लाख

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ८६ लाख १३ हजार पाँच सय ५१ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले पाँच करोड १३ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैंयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ७९ करोड ४० लाख नौ हजार तीन सय १० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९७ करोड ७४ लाख ५२ हजार पाँच सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यो अवधिमा छ करोड ५९ लाख १४ हजार छ सय ४३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यो अवधिमा चार दशमलव २० प्रतिशत स्प्रेड दर रहेको संस्थाको वितरणयोग्य नाफा भने एक करोड पाँच लाख ३९ हजार तीन सय ७४ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ४० करोड ७४ लाख ९३ हजार तीन सय ८२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३३ करोड २७ हजार छ सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ७० लाख ८२ हजार ६ सय १० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात चार दशमलव ३७ प्रतिशत रहेको थियो भने स्प्रेड दर नौ दशमलव शुन्य तीन प्रतिशत रहेको थियो ।

प्रतिक्रिया