एमएडब्लू भृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारी सेग्मेंटमा प्रवेश गर्दै

काठमाडौंं । नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ओमेगा सिक्की मोबिलिटी (ओएसएम) का विद्युतीय सवारी नेपाली बजारमा ल्याउने भएको छ ।
त्यसका लागि ओएसएम र एमएडब्लू भृद्धि कमर्सियल भेहिकलबीच आधिकारिक बिक्रेताको सम्झौता भएको हो । दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारीको सम्झौता भएको थियो । एमएडब्लू भृद्धिले अबको केही समयभित्रै ओएसएमका तीन पांग्रे विद्युतीय सवारी ल्याउने छ ।
वातावरण शुरक्षामा आफुहरु प्रतिबद्ध रहेको र वातावारण र नेपाललाइ सुहाउदो सवारी भित्र्याउन भित्राउन लागेको कम्पनिले जानकारी दिएको छ । पहिलो चरणमा एमएडब्लू भृद्धिले थ्री व्हिलर सवारी भित्राउने योजना बनाएको छ । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने बताए। कम्पनीले कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि निरन्तर काम गर्दै जाने कम्पनीले बिज्ञप्तिमा जनाएको छ ।
ओमेगा सिक्की कस्तो कम्पनि हो ?
ओमेगा सिक्की मोबिलिटी (ओएसएम) एन्जेलियन ओमेमा ग्रुप अफ बिजनेशको सदस्य हो, जसले भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरुको लागि स्टिल पार्ट्स निर्माणमा केन्द्रित छ । समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरु यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको छ ।
विद्युतीय सवारी साधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकी प्रालि कम्पनीले आफ्नो इन-हाउस आर एन्ड डी सुविधामा थ्री व्हिलर सवारीसाधनहरू आकर्षक डिजाइनमा विकास गरेको छ । रेज प्लस ब्राण्ड ब्रान्ड अन्तर्गतका गाडीहरू भारतका धेरै प्रमुख ईकमर्स र रसद कम्पनीहरूले प्रयोग गर्छन् ।

प्रतिक्रिया