देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली

नेपालखोज २०७९ कार्तिक २३ गते १९:२६

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् ।

झापाको दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गरे ।

उनले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप लगाउँदै आम मतदाताको रोजाइ एमाले रहेको समेत बताए ।

प्रतिक्रिया