‘तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न भनेर आयाेगले भनेकाे छैन’
नेपालखोज
२०७९ कार्तिक २३ गते १९:५५

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उम्मेद्वार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न भनेर निर्देशन नदिएको स्पष्टीकरण दिएको छ ।
ध्वनी प्रदूषण भइरहेकाले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार कार्कीलाई घण्टी लिएर प्रचार नगर्न भनी आयोगले निर्देशन दिएको व्यहोरासहितको समाचार मिडियामा आएपछि आयोगले स्पष्टीकरण दिएको हो ।
आयोगले भनेको छ, ‘प्रतिनिधिसभा सदस्य उम्मेद्वार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ ।’
सम्बन्धित

प्रतिक्रिया