संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लागू

काठमाडौं । नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लागू गरेको जानकारी दिएको छ । बोर्डका अनुसार आज बिहिबार (कात्र्तिक २४ गते) बाट उक्त यो निर्देशिका लागु गरिएको हो । यो निर्देशिका लागु भएपछि संगठित संस्थाहरु मर्जर वा प्राप्तीमा जाने बाटो खुलेको छ ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने भएमा बोर्डबाट पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था सहित संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी अन्य व्यवस्था निर्देशिकामा उल्लेख भए बमोजिम हुने व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ यही कात्र्तिक २४ गते देखि लागु हुने गरी स्वीकृत गरिएको हो, बोर्डले भनेको छ ।
यो निर्देशिका लागु भएपश्चात बोर्डमा धितोपत्र दर्ता गराएका दुई वा दुई भन्दा बढी संगठित संस्थाविच प्रचलित कानुन बमोजिम एक आपसमा भएको सम्झौंता बमोजिम गाभिने संस्थाको अस्तित्व समाप्त भई गाभ्ने संस्थामा समाहित हुने वा एक आपसमा गाभिई नयाँ संस्था बन्न सक्ने छ ।
मर्जर वा प्राप्ती प्रकृयामा बोर्डमा धितोपत्र दर्ता गराएको संगठित संंस्थाको सञ्चालक समितीले गाभ्ने, गाभिने वा प्राप्ती सम्वन्धी प्रारम्भिक समझदारी गरेको दिन वा सो को भोलिपल्ट कारोबार समय अगाडि गाभ्ने, गाभिने वा लक्षित संगठित संस्थाको आधारभुत शेयरधनीको कारोबार दफा ७ बमोजिमको साधारण सभा सम्पन्न नभएसम्म रोक्का राख्न आधारभुत सेयरधनीको विवरणसहित संगठित संस्थाले धितोपत्र बजार र केन्द्रिय निक्षेप सेवा प्रंदायक संस्था समक्ष निवेदन दिनु पर्ने छ । यसरी प्राप्त निवेदन बमोजिम धितोपत्र बजार तथा केन्द्रिय निक्षेप सेवा प्रदायक संस्थाले सो संस्थाको आधारभुत शेयरधनीको कारोबार तत्काल रोक्का राख्ने व्यवस्था गर्नुपर्ने छ । य
सैगरी बोर्डमा धितोपत्र दर्ता गराएको संगठित संस्था वा सो संस्थाको शेयर रजिष्ट्रारले उपदफा (१) बमोजिमको आधारभुती शेयरधनीको विवरण धितोपत्रको राफसाफ तथा अन्य कुनै कारणले हेरफेर भएमा तत्काल वा भोलिपल्ट कारोबार समय अगावै धितोपत्र बजार तथा केन्द्रिय निक्षेप सेवा प्रदायक संस्थालाई उपलब्ध गराउनु पर्ने छ ।
यसरी प्राप्त विवरण बमोजिम धितोपत्र बजार तथा केन्द्रिय निक्षेप सेवा प्रदायक संस्थाले कारोबार रोक्का गरिने आधारभुत शेयरधनीको विवरण आफ्नो कारोबार प्रणालीमा अधावधिक गरी सो बमोजिम आधारभुत शेयरधनीको कारोबार रोक्का राख्ने व्यवस्था गर्नुपर्ने छ ।
बोर्डका अनुसार गाभ्ने, गाभिने वा प्राप्ती सम्वन्धी जानकारी राख्ने संगठित संस्थाका सञ्चालक, कर्मचारी तथा अन्य सम्वन्धित पक्षले प्रारम्भिक समझादारी नभएसम्म गाभ्ने, गाभिने वा प्राप्ती सम्वन्धमा कुनै पनि सुचना तथा जानकारी सार्वजनिक गर्न पाईने छैन । निर्देशिकामा उल्लेख भए अनुसार बोर्डमा धितोपत्र दर्ता गराएको संगठित संस्थाले प्रारम्भिक समझदारी गरेपछि उक्त संगठित संस्थाको दफा (७) बमोजिमको साधारण सभाबाट गाभ्ने, गाभिने वा प्राप्ती सम्वन्धी प्रस्ताव निर्णय नभएसम्म गाभ्ने, गाभिने वा प्राप्ती प्रकृया रद्ध गर्न सक्ने छैन ।

प्रतिक्रिया