शनिबार, जेठ ५, २०८१

नेप्से १,८९३ अंकमा पुग्दा सात अर्ब २३ करोडको कारोबार

नेपालखोज २०७९ कार्तिक २५ गते ११:१५

काठमाडौं । यो साता नेप्से घटेपनि कारोबार रकम भने गत साताको तुलनामा बढेको छ । नियमित कारोबारको लागि नेप्से सातामा पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन नेप्से उच्च अंकले बढेको भएपनि त्यसपछिका बाँकी दिनहरुमा नेप्से लगातार घटेको थियो । नेप्से घटेपनि कारोबार रकम भने बढेकाकारण कुल कारोबार रकम यो साता सात अर्ब भन्दा बढी पुगेको छ ।

यो साता नेप्से १८ सय ९३ दशमलव ७० अंंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७२ दशमलव ३७ अंकमा सिमित भएको छ । सातामा दुुई सय २८ वटा कम्पनीहरुको एक लाख २८ हजार एक सय ३८ पटकको कारोबारमा एक करोड ८४ लाख ४३ हजार सात सय ८० कित्ता सेयर किनबेच भएको छ । योअनुसार कुल कारोबार रकम सात अर्ब २३ करोड ७१ लाख ९० हजार दुई सय ६० रुपैयाँ पुगेको छ ।

यो कारोबार रकम गत साताको तुलनामा निकै बढी हो । गत साता दुुई सय ३१ वटा कम्पनीहरुको ९२ हजार आठ सय ६७ पटकको कारोबारमा एक करोड ३६ लाख छ हजार आठ सय १६ कित्ता शेयर किनबेच भएका थिए । सोही किनबेचका आधारमा उक्त साता कुल कारोबार चार अर्ब ३५ करोड ४८ लाख चार हजार नौ सय ५८ रुपैयाँ कायम भएको थियो ।

यो साता पहिलो दिन ४३ दशमलव दुई अंकले बढेर एक हजार नौ सय ६५ दशमलव ३६ अंकमा चढ्न सफल भएको नेप्से साताको अन्तिम कारोबार दिन बिहिबार भने २३ दशमलव ५२ अंकले घटेर एक हजार आठ सय ९३ दशमलव ७० अंकमा सिमित हुन पुगेको थियो । यी बाहेकका बाँकी दिनहरुमा पनि नेप्से लगातार घटेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन आठ दशमलव नौं अंकले बढेर तीन सय ८७ दशमलव ५२ अंकमा चढ्न सफल भएकोमा अन्तिम कारोबार दिन चार दशमलव १७ अंकले घटेर तीन सय ७२ दशमलव ३७ अंकमा सिमित हुन पुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा शिवम सिमेन्ट, नेपाल टेलिकम, नेशनल हाइड्रो पावर कम्पनी, आदि अगाडि परेकाछन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया