बिहीबार, वैशाख २७, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ कार्तिक २५ गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १३ सयले बढेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १३ रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार पनि प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदी आज पनि प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया