शुक्रबार, वैशाख १४, २०८१

नेप्से १,९१५ अंकमा, सातामा पाँच अर्ब ११ करोडको सेयर कारोबार

नेपालखोज २०७९ चैत १० गते १३:०२

काठमाडौं । यो साता नेप्से १९ सय १५ दशमलव १४ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६१ दशमलव शून्य एक बिन्दुमा कायम भएको छ । दुई सय ६६ वटा कम्पनीहरुको सातामा एक लाख २० हजार दुई सय २७ पटकको कारोबारमा एक करोड ६५ लाख ३६ हजार एक सय ४५ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट सातामा पाँच अर्ब ११ करोड ५२ लाख ८१ हजार पाँच सय ४५ रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने नेप्सेमा दुुई सय ६० वटा कम्पनीहरुको एक लाख ४१ हजार चार सय ६९ पटकको कारोबारमा एक करोड ८५ लाख ७८ हजार तीन सय ३५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ३० करोड ८९ लाख ५७ हजार तीन सय २८ रुपैयाँ पुगेको थियो । यो साता नेप्से चार कार्य दिन मात्र खुल्ला रहेको थियो ।

जसमध्ये पहिलो, चौंथो र पाँचौं दिन घटेको नेप्से दोस्रो दिन भने बढेको थियो । तेस्रो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

जसमध्ये पहिलो दिन छ दशमलव ९० अंकले घटेर १९ सय २६ दशमलव ४० अंकमा सिमित भएको नेप्से अन्तिम कारोबार दिन पनि १८ दशमलव १५ अंकले घटेर १९ सय १५ दशमलव १४ अंकमा सिमित हुन पुगेको थियो । यि बाहेकका बाँकी दिनहरुमा पनि नेप्से घटेको थियो । यसैगरी पहिलो दिन एक दशमलव ५२ अंकले घटेर तीन सय ६३ दशमलव २६ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पनि दुई दशमलव ९० अंकले घटेर तीन सय ६१ दशमलव शून्य एक बिन्दुमा खुम्चिन पुगेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा एनआईसी एशिया बैंक, शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली आदि अगाडि परेका छन् भने कारोबार भएको संख्याको आधारमा हिमालयन डिष्ट्रिलरी प्राली, एनआईसी एशिया बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेकाछन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया