नक्कली नोट सहित ६ जना पक्राउ
नेपालखोज
२०७९ कार्तिक २५ गते ११:५०

रौतहट । मौलापुर नगरपालिका–८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोट सहित बारा आदर्श कोतवाल गाउँपालिका–६ बस्ने २५ वर्षीय सोनु कुमार कुश्वाहा सहित ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त नक्कली नोट र २ थान मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
साथै पक्राउ परेकामश्ये मौलापुर नगरपालिका–६ पिपरिया टोल २६ वर्षीय राजाराम साहको घर तलासी गर्दा लुकाई राखेको १ थान अवैध कटुवा पेस्तोल फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया