‘अर्को वर्ष ट्विटरले अर्बौं डलर गुमाउने चेतावनी’

नेपालखोज २०७९ कार्तिक २५ गते १२:४०

काठमाडाै‌ । ट्विटरका नयाँ मालिक एलोन मस्कले बिहीबार आफ्ना कर्मचारीहरूसँग ट्विटर दिवालिया हुने सम्भावनाको बारेमा कुरा गरेका छन् । समाचार एजेन्सी रोयटर्सकाअनुसार उनले ट्विटरका कर्मचारीहरूलाई दिवालिया हुने सम्भावनालाई अस्वीकार नगरेको जानकारी दिएका छन्।

ट्विटरमा आफ्ना कर्मचारीहरूसँगको पहिलो भेटमा मस्कले अर्को वर्ष कम्पनीलाई अर्बौं डलर गुमाउन सक्ने चेतावनी दिएका थिए । एलोन मस्कले हालै ४४ बिलियन डलरमा ट्विटर किनेका थिए । त्यसयता उनले यो सामाजिक सञ्जालमा धेरै परिवर्तन पनि गरेका छन् ।

यसैबीच, ट्विटरले विश्वभरि हजारौं मानिसहरूलाई निकालेको छ। यस विषयमा एलोन मस्कले पनि आलोचनाको सामना गर्नु परेको छ । कम्पनीलाई घाटा भएको भन्दै उनले ब्लु टिकको सदस्यता पनि लिन थालेका छन् । मस्कले ट्वीटरको आम्दानी घटाउनका लागि कार्यकर्ता समूहहरूले विज्ञापनदाताहरूलाई प्रभाव पारेको आरोप पनि लगाए ।

प्रतिक्रिया