शुक्रबार, वैशाख ७, २०८१

स्वास्थ्य मन्त्री र उनकी श्रीमतीलाई कोरोना संक्रमण

नेपालखोज २०७६ चैत २० गते १४:०४

काठमाडौँ । स्वास्थ्य मन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम “आइसोलेसन”मा रहेका छन् । इजरायलका स्वास्थ्य मन्त्री र उनकी श्रीमतिलाई कोरोना संक्रमण पोजेटिभ देखिएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी ७१ वर्षीय याकोभ लिजम्यान यसअघि प्रधानमन्त्री नेतन्याहूले कोरोनाभाइरससँग सम्बन्धित ब्रिफिङ गर्दा प्रधानमन्त्रीका साथ उपस्थित रहने गरेका थिए।

तर लिजम्यानले हालैका साताहरुमा सार्वजनिक कार्यक्रमबाट आफूलाई अलग राख्न थालेका थिए । मन्त्री लिजम्यानको साटो पछिल्लो समय स्वास्थ्य सेवा महानिर्देशकले सरकारका कदमहरु बारे जानकारी दिने गरेका थिए ।

प्रतिक्रिया