प्रधानमन्त्री देउवासहित गठवन्धनका शीर्ष नेता चितवन जादै
नेपालखोज
२०७९ कार्तिक २५ गते १४:१२

काठमाडौं । लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चितवनमा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरु जाने भएका छन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए ।
यस्तै नेकपा (एमाले)ले चितवनमा चुनावी सभा गर्दै छ । कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन आउने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया