प्रभु बैंकले सुरु गर्यो इन्टरनेशनल भिसा डाइरेक्ट सेवा
नेपालखोज
२०७९ कार्तिक २५ गते १६:०४

काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ ।
यो सेवा मार्फत् विदेशबाट प्रभु बैंकको भिसा डेबिट कार्डका ग्राहकहरुलाई बिना झण्झट सरल तरिकाबाटै रेमिट्यान्स पठाउन सकिनेछ । यस सेवाअन्तर्गत् भिसा डाइरेक्टमा सहभागी १८० भन्दा बढी देशबाट नेट बैंकिङ, मोबाइल वा एटिएम मार्फत् यस बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनलाई सरल, सहज एव सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने भएको हो ।
सम्बन्धित

प्रतिक्रिया