शनिबार, जेठ ५, २०८१

‘हस्तकला नेपालको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र’

नेपालखोज २०७८ मंसिर २८ गते १७:०४

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले हस्तकला नेपालको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र भएको बताएका छन् । हस्तकला स्वर्ण महोत्सव तथा दशौं हस्तकला दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले नेपाली हस्तकलाका बस्तुहरुले नेपालको पहिचानलाई उचो बनाउने काम गरिरहेको पनि स्पष्ट पारे ।

उनले नेपालको गरिवी न्यूनिकरण गर्न तथा रोजगारीको अवसर सृजना गर्नसो क्षेत्रले उल्लेखनीय योगदान दिईरहेकाले यस क्षेत्रको प्रवद्र्धनको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले नेपाली हस्तकलाका बस्तुहरुको युरोप, अमेरिकाजस्ता विकसित देशहरुमा माग बढनु नेपाल र नेपाली हस्तकलाका लागि सबैभन्दा सुःखद् विषय भएको पनि स्मरण गराए ।

उपराष्ट्रपति पुनले नेपालमा हस्तकला क्षेत्रले महिला उद्यमीहरुको विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याईरहेको उल्लेख गरे । कार्यक्रममा बोल्दै महोत्सवका संयोजक रविन्द्र शाक्यले हस्तकला क्षेत्र हेर्ने छुट्टै मन्त्रालय स्थापना गर्न सरकारसँग माग गरे । उनले हस्तकला क्षेत्रबारे बुझ्ने र सुन्ने कुनै पनि निकाय नभएको भन्दै तीन वटै तहको सरकारले यसलाई हेर्नेगरी छुट्टै मन्त्रालय स्थापना गर्नेमा आफूहरु आशावादी रहेको पनि बताए ।

संयोजक शाक्यले आफूहरुले ८ वर्ष अघि बुझाएको हस्तकला नीति अझै कार्यान्वयनमा ल्याउन नसकेको भन्दै सरकारको आलोचना समेत गरे ।

प्रतिक्रिया