समृद्घि फाइनान्सले मनायो २१औं वार्षिकोत्सव

काठमाडौं । समृद्धि फाईनान्सले २औं वार्षिकोत्सवको अवसरमा आफ्नो सबै शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गरि वार्षिकोत्सव मनाएको छ । २१ औं वार्षिकोत्सवको अवसरमा समृद्धि फाईनान्स नेसनल (भेट्रान) चेस च्याम्पियन–२०२२ को मुख्य प्रायोजक भइ कार्तिक १९ गतेदेखि २१ गतेसम्म कार्यक्रम आयोजना गराएको थियोे । कार्तिक २५ गते नेपाल हाउस रेष्टुरेण्टमा संस्थाका अध्यक्ष ठाकुर प्रसाद भट्टराईको अध्यक्षतामा आयोजना भएको हो । संस्थाले २१औं वार्षिकोत्सवको अवसरमालोभ लाग्दो ब्याज खाता सार्वजनिक गरेको छ ।
यसैगरी १० वर्ष भन्दा पुरानो चार जना कर्मचारीहरुलाई दिर्घसेवा पदक सहित प्रमाणपत्र प्रदान गरि सम्मान गरेको छ । आफ्नो सबै शाखाहरुको कर्मचारीहरुलाई दिएको लक्ष्य पुरा गर्ने १३ जना कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गरि सम्मान गरेको छसाथैयस संस्थाका सबै शाखाको ऋणीहरु मध्ये १० जना उत्कृष्ट ऋणीहरुलाई सबै शाखाहरुमा भएको कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको जानकारी संस्थाका का.मु मुख्य व्यवसाय प्रवर्धन अधिकृत सुरज कुमार सर्राफले जानकरी गराए ।
२१औं वार्षिकोत्सवको अवसरमालोभ लाग्दो ब्याज खातामा उत्कृष्ठ चारवटा खाताहरु सार्वजनिक गरिएको थियो । लोभ लाग्दो ब्याज खातामा अधिकतम १० प्रतिशत ब्याज भएको नागरिक बचत खाता, तीन महिने मुद्घती निक्षेप्मा १३ दशमलव २० प्रतिशत रहेको खाता, कल खातामा चार दशमलव पाँच प्रतिशत ब्याज रहेको खाता र समृद्घि डबल धमाका, तेब्बर धमाका, पाँच गुणा र आठ गुणाको मुद्घती खाताहरु भएको लोभ लाग्दो ब्याज खाता योजना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया