रोहितको कप्तानीमा युएईसँगको सिरिजका लागि टोली घोषणा
नेपालखोज
२०७९ कार्तिक २६ गते ८:४९

काठमाडाैं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कात्तिक २८ देखि यूएईसँग हुने सिरिजको लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघले घरेलु मैदानमा हुने तीन ओडिआई खेलको सिरिजको लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको हो ।
टोलीमा कुशल भुर्तेल, स्पिनर ललितनारायण राजवंशी, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल र अर्जुन साउदले पूनरागमन गरेका छन् ।
यस्तै मधेश प्रदेशका ओपनर हरि शंकर शाहले पहिलोपटक टोलीमा स्थान बनाएका छन् । देव खनाल र बसिर अहमद भने टोलीमा पर्न सकेनन् ।
सम्बन्धित
प्रतिक्रिया