राष्ट्रपति आइसल्यान्डको भ्रमण गरेर स्वदेश फिर्ता

नेपालखोज २०७९ कार्तिक २६ गते १०:१७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्डको भ्रमण गरेर स्वदेश फकिएकी छन् । राष्ट्रपति भण्डारी शनिबार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएकी हुन् ।

भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरेका छन् । 

विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड प्रस्थान गरेकी थिइन् ।

प्रतिक्रिया