जापानी येन १० को खरिददर ९ रुपैयाँ २३ पैसा, बिक्रीदर ९ रुपैयाँ २७ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १४ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ३१ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया