बीपीको इतिहास सत्यानास गरिन्

नेपालखोज २०७९ कार्तिक २६ गते १२:३०

काठमाडाैं । बीपी कोइरालाको नाम लिँदै राप्रपाको पक्षमा मत मागे पछि अहिले मनिषा चर्चामा छिन । हेरौं उनका बारेमा केही ट्विट :

मनिषाले बीपीको नाम, मान, प्रतिष्ठा र इज्जतको सत्यानास गरेपछि लाग्यो धन्न पुष्पलालका नातिले सिनेमा खेलेनछन् अन्यथा उनले पुष्पलालको गाइजात्रा कसरी गर्थे होलान् ? र, पुष्पलाल र बीपीको गाइजात्रा गरेपछि हाम्रो राजनीतिक आन्दोलनको नायकको हुन्थ्यो होला ? केशरजंग कि तुलसी गिरी ? केशब दाहाल

स्वयम् मातृकाप्रसाद कोइरालाका पुत्रलाई कम्युनिस्टहरूले सभामा लोभलाग्दो मञ्च दिए बोल्नका लागि, छापामा राम्रै स्पेस दिए लेख्नका लागि । अहिले कमरेड कमल कोइरालाबारे लाल-सभा र राता पुस्तिका बेखबर छन् । बीपी कोइरालाका पुत्र प्रकाशको सुर्य उदायो, लोकप्रिय राजा वीरेन्द्रको वङ्शनाससँगै । अन्तिम राजा ज्ञानेन्द्रले प्रकाश कोइरालाको भरपुर उपभोग गरे, मन्त्री बनाए, झण्डवाला गाडीमा गुडाए । आशा छ, अहिले जुन कुनामा प्रकाश छन्, त्यहाँ अँध्यारो नहोला । यतिखेर बीपीकी नातिनीलाई पूर्वपञ्चहरूले राम्रै मञ्च दिएका छन् सभामा, राम्रै स्पेस दिएका छन् सञ्जालमा । राजा ज्ञानेन्द्रलाई हृदयमा बोकेकी मनिषा कोइरालालाई राजेन्द्र लिङ्देलले दिएको यो स्पेस मङ्सिर ४ पछि ‘केमियो’ कदमा नखुम्चोस्, शुभकामना ! वङ्शवादीहरूले ‘ब्लड’प्रति राख्ने श्रद्धा बिछट्टैको छ । उता छिमेकमा, गान्धिको हत्या गरेको गोड्सेको राजनीतिले बनेको बिजेपी र स्वयम् मोदी सरदारभाइ पट्टेल र महात्मा गान्धीप्रति नतमस्तक हुन्छन् । राजनीतिमा विचारको ब्राण्डलाई कसैले मेट्न सक्दैन । उता गान्धीलाई बिजेपीकरण गर्न खोज्नु र यता बीपीलाई पञ्चायतकरण गर्न खोज्नु- आखिर बालुवामा घर बनाउन खोजे जस्तै हो । अन्ततः लोकतन्त्र जब्बर छ ! महेश भण्डारी

मनिषा कोइरालाकी हजुरबुबा बीपी कोईरालाको दुई तिहाई शक्ति भएको प्रधानमन्त्री पद राजाले खारेज गरिदिए, ८ वर्ष जेलमा राखे, त्यसपछि ८ वर्ष निर्बासनमा बस्नुपर्यो तर आज उनै मनिषाजी भन्दै हुनुहुन्छ राजसंस्था यो देशलाई आवश्यक छ । रोशन शिवाकोटी

के राजा, राजा भन्छौ ? राजतन्त्र भएको भए यसरी थुतुनो बजाएर सराप्न पाउथ्यौ र ? लान्थ्यो तिम्रा बाजेले गोर्खे लौरी लाएर थुन्न ! हाम्ले नभोगेको हो र !! नारायण अधिकारी

बगेको खोलो फर्कदैन ! ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्ततःफेरि खुलेर अगाडि बढ्छ ! प्रकृति र समाज विकासको शाश्वत नियम यही हो । अतः जतिसुकै ठुलो सेलिब्रिटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिदैन। यस्ता उडन्ते कुरालाई महत्व नदिऊॅ ! समय र शक्ति बरबाद नगरौं! डा.बाबुराम भट्टराई हायलकायल नाकाबन्दी भयो, राजा बोलेनन् । विनाशकारी भूकम्प आयो, राजा देखिएनन्। महामारी कोरोना फैलियो, राजा लुके। देशलाई राजा हैन, रामराज्य चाहिएको छ ।

निर्मल प्रसाई थर के भनेर सोध्दा, कसैले ‘कोईराला’ भन्यो भने जय नेपाल भनेर वार्तालाप सुरू गरिन्थ्यो अर्थात् कोईराला र काँग्रेस एउटै लागथ्यो । आज बीपी को नातिनी अर्थात् ‘मनिषा कोईरालाले’ राप्रपालाई भोट मागेपछि ‘काँग्रेस’ खत्तम भएछ सिद्धान्त, विधी बिधानबाट भड्किएछ । सहजै लख काट्न सकिन्छ । वसन्त घिमिरे साच्ची मनिषा कोईराला आफै चाहिँ मतदान गर्दै हुनुहुन्छ होला कि नाई ?? उहाँको मतदाता परिचयपत्र छ होला त ?? जि शर्मा

यो मनिषा कोइराला किन बौलाएकी होलिन् ? जय नेपाल भन्दै राप्रपाको प्रचार गरेर बीपीको इतिहास सत्यानास गरिन् । शुभाष साह प्रकाश कोइराला मण्डले हुँदा त केही नाप्पेन, मनिषा कोइराला मण्डले हुनुले के अर्थ लाग्छ ! बेकारको बहस । बिक्रम कार्की यहाँ त जैविक उत्तराधिकारी नै राजनीतिक उत्तराधिकारी भएको देखियो त, प्रकाश कोइराला र मनिषा कोइरालाको राजनीतिक दर्शन उस्तै त छ ! बिपेन्द्र ठुलो बृक्षमा राम्रा र कुहिएका पात/फल एकसाथ रहन्छन् । नकुहिएका राम्रा फल/पातले जीवनहरु स्पर्श गर्छन भने कुहिएका फल र पात अर्थ बिहिन भएर भुईमा खस्छन् । मनिषा कोईराला र प्रकाश कोईराला बिपी कोईराला नामक बृक्षका कुहिएका तिनै पात/फल हुन् ।

यस्मा रोईलो किन ? नारायण कोईराला जसले पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर देश निकाला गर्यो । लोकतन्त्र माग्दा जसले जेलमा कोच्यो । उही निर्दलीय पञ्चायती कालरात्रीका नायक राजा महेन्द्रको गुणगान विपीका नातिनी मनीषा कोइराला गाउँदैछिन् । युवराज श्रेष्ठ

बीपी कोईरालाकी नातिनी मनिषा कोईराला नेपाली काग्रेसको विरूद्ध लाग्नु पर्ने अवस्था कसले वनायो ? उनी राप्रपाको चुनावी प्रचारको प्रमुख वक्ता कसरी हुन पुगिन ? यस प्रश्नको उत्तर देउवा, गगन , विश्वप्रकाश, शेखर कस्ले दिनेहो दिनुस है ? बद्री बिनोद

प्रतीक आफ्नै हजुरबुवालाई आजिवन कारावास हाल्ने राजसंस्थाको पक्षमा नातिनी मनिषा कोइराला लाग्नु दुर्भाग्यपूर्ण। बस्नेत काजि

खास मलाइ चाहिँ खै किन हो मनिषा कोइराला कुनै दिन कोइरालाको नयाँ फेश बन्न सक्छिन् जस्तो लाग्थ्यो । अब विचारै नमिलै पछि त कुरै खत्तम । फ्रि स्पिरीट

प्रतिक्रिया