आइतबार, जेठ ५, २०८२

नेपाल र बंगलादेशले पहिलो पटक यु-१९ महिला क्रिकेट विश्वकप आयोजना गर्ने

नेपालखोज २०७९ कार्तिक २७ गते १५:१५

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेश सँग मिलेर महिला क्रिकेटतर्फको विश्वकप आयोजना गर्ने अबसर प्राप्त गरेको छ । सन् २०२७ मा हुने यू-१९ महिला टी-२० विश्वकप नेपाल तथा बंगलादेशले संयुक्त रुपमा आयोजना मौका पाएका हुन ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आक आइतबार सन् २०२७ मा यू-१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को घोषणा अनुसार २०२४ को यू-१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु- १९ विश्वकप जिम्बावे र नामिबियाले (संयुक्तरूपमा) आयोजना गर्नेछन्।

यस्तै सन् २०२५ को यू -१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले संयुक्तरूपमा आयोजना गर्नेछन भने सन् २०२७ को यु-१९ महिला टी-२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन् । नेपालले कुनै पनि प्रकारको विश्वकप आयोजना गर्ने मौका पाएको यो पहिलो अवसर हो ।

प्रतिक्रिया