शनिबार, जेठ ५, २०८१

२१ अंकले नेप्से बढ्दा ९४ करोड ६० लाखको सेयर किनबेच

नेपालखोज २०७९ कार्तिक २८ गते १५:३७

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) भने २१ दशमलव २९ अंकले बढेर १९ सय चार दशमलव ४५ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५१ अंकले बढेर तीन सय ७५ दशमलव चार अंकमा चढेको छ ।

दुई सय २६ वटा कम्पनीहरुको १७ हजार सात सय ६५ पटकको कारोबारमा २४ लाख ५२ हजार ८४ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ९४ करोड ६० लाख ८९ हजार पाँच सय २१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा सोमबार १३ वटा समूहरुको कारोबार भएकोमा १३ वटै समूहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ६० अंकले बढेर १३ सय ३६ दशमलव ३८ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक ७३ दशमलव २६ अंकले बढेर तीन हजार चार सय दशमलव १७ अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक ३९ दशमलव ९१ अंकले बढेर १९ सय ६३ दशमलव ६८ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक एक सय १७ दशमलव एक अंकले बढेर आठ हजार नौ सय ५१ दशमलव ३४ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि १७ दशमलव ७० अंकले बढेर सात हजार पाँच सय ४४ दशमलव ७१ अंकमा चढेको छ । फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज तारागाउँ रिजेन्सी होटलको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले बढेर तीन सय ८३ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा लक्ष्मी इक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य पनि ६ दशमलव ५८ प्रतिशतले घटेर सात रुपैयाँ ५३ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता ६ सय १६ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ९६ लाख ४३ हजार दुई सय ७५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया