आइतबार, वैशाख १६, २०८१

साताभर ३१ अर्ब २९ करोड ४६ लाखको सेयर किनबेच

नेपालखोज २०८० पुष ६ गते १०:५६

काठमाडौं । यो साता नेप्से २१ सय नौं दशमलव १० अंंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९६ दशमलव ६२ अंकमा पुगेको छ ।

सातामा तीन सय १३ वटा कम्पनीहरुको पाँच लाख ३८ हजार एक सय ६५ पटकको कारोबारमा नौं करोड २२ लाख ५६ हजार नौं सय ७५ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३१ अर्ब २९ करोड ४६ लाख २३ हजार सात सय छ रुपैंयाँ ६४ पैसा पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा झण्डै १५ अर्ब रुपैंयाँले बढी हो ।

गत साता नेप्सेमा तीन सय तीन वटा कम्पनीहरुको तीन लाख ६० हजार सात सय ७१ पटकको कारोबारमा पाँच करोड दुई लाख ६२ हजार एक सय ९४ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १६ अर्ब ६९ करोड ५१ लाख १० हजार एक सय ४२ रुपैंयाँ ६४ पैसा पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो, तेस्रो र चौंथो दिन लगातार बढेको नेप्से पाँचौं दिन भने घटेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा पहिलो दिन २७ दशमलव ७५ अंकले बढेर दुई हजार २२ दशमलव ३५ अंकमा पुगेको नेप्से अन्तिम कारोबार दिन भने ३२ दशमलव ७७ अंकले घटेर २१ सय नौं दशमलव १० अंकमा खुम्चिन पुगेको थियो ।

यि बाहेकका बाँकी दिनहरुमा नेप्से लगातार बढेको थियो । यसैगरी पहिलो दिन चार दशमलव ७० अंकले बढेर तीन सय ८१ दशमलव शुन्य सात अंकमा चढेको सेन्सिटिभ इन्डेक्स अन्तिम दिन भने छ अंकले घटेर तीन सय ९६ दशमलव ६२ अंकमा सिमित हुन पुगेको थियो । यि बाहेकका बाँकी दिनहरुमा सेन्सिटिभ इन्डेक्स पनि लगातार बढेको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता शिवम सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, नेपाल पुर्नबीमा कम्पनी हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार हुँदा शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया