‘सुशासन, विकास र समृद्धि गठबन्धनको मुख्य एजेण्डा हो’

लमजुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र समृद्धि गठबन्धनको मुख्य एजेण्डा रहेको बताएका छन् । लोकतान्त्रिक वाम–गठबन्धन लमजुङद्वारा आज राइनास नगरपालिका–४ सातविसेकमा आयोजित चुनावीसभामा उनले विकास निर्माण र समृद्धिमा गठबन्धन लाग्ने बताए ।
‘गठबन्धनका पक्षमा देशव्यापी लहर आएको छ, यसले गठबन्धनका अधिकांश उम्मेदवार विजयी हुने विश्वास लिएको छु,’ उनले भने, ‘गठबन्धनको जीत सुनिश्चित छ ।’ शान्ति प्रक्रिया टुङ्ग्याउने, जनताको अधिकारलाई बलियो बनाउने र देशलाई पछाडि धकल्ने, निरुङ्कुशतातिर र अँध्यारोतिर लैजान खोज्ने दुई गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भइरहेको उनले बताए । मङ्सिर ४ मा हुने निर्वाचनले जनता कुन पक्षमा छन् भन्ने स्पष्ट हुने उनको भनाइ छ ।
‘यो युगान्तकारी परिवर्तन, राष्ट्र, बचाउने, शान्ति कायम गर्नमा नेपाली कांग्रेस र माओवादीका नेता तथा कार्यकर्ताको भूमिका छ,’ उनले भने, ‘यसका लागि कैयनको ज्यान गएको छ, म उनीहरुलाई सम्मान गर्न चाहन्छु ।’

प्रतिक्रिया