खेरसन पुगेर जेलेन्स्कीले भने – युक्रेन अगाडि बढिरहेको छ
नेपालखोज
२०७९ कार्तिक २८ गते २१:५५

काठमाडाैं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सोमबार खेरसन पुगे । उनले त्यहाँ सैनिकहरूसँग भेट गरे र युक्रेन अघि बढिरहेको र शान्तिका लागि तयार रहेको बताए । त्यहाँ जेलेन्स्कीले नेटो र अन्य मित्र राष्ट्रहरूलाई धन्यवादसमेत दिए ।
उनले भने अमेरिकाको हाई मोबिलिटी रकेट सिस्टमले युक्रेनलाई धेरै मद्दत गर्यो । खेरसनलाई रुसले मार्चमा आफ्नो कब्जामा लिएको थियो, तर त्यही महिना युक्रेनी सेनाले फेरि उक्त क्षेत्र कब्जा गर्यो र रुस पछि हट्नुपर्यो ।
खेरसन माथिको रुसि कब्जा समाप्त भए पछि अहिले उक्त क्षेत्रका जनता सडकमा उत्रिएर उत्सव मनाइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया