शनिबार, जेठ ५, २०८१

एउटा यस्ताे ग्रह जसले आफैँले गल्ती गराएर सजाय पनि दिन्छ

नेपालखोज २०७९ कार्तिक २९ गते ७:१०

ग्रहहरूको चालले मानिसको जीवनमा यस्तो प्रभाव पार्छ कि जसले उनीहरुलाई राजाबाट रंक वा रंकबाट राजा बनाउन सक्छ । यद्यपि यी ग्रहहरूलाई नियन्त्रण गर्न ज्योतिषशास्त्रमा अनेकौं उपाय बताइएको छ । जसलाई अपनाएर मानिसहरुले आफ्नो समस्याबाट मुक्ति पाउँन सक्छन् । यसबाट धेरै हदसम्म नकारात्मक प्रभावबाट छुटकारा प्राप्त गर्न सकिन्छ । मानिसको कुण्डलीमा भएका नौ ग्रह नै उनीहरुको जीवनमा आउने उतारचढावका लागि धेरै हदसम्म जिम्मेवार हुन्छन् ।

यदि कुनै व्यक्ति निरन्तर समस्याले घेरिएको छ र उसको समस्या समाप्त हुने छाँट देखिएको छैन भने उसको कुण्डलीमा यस्तो ग्रह हुनसक्छ जसले उसको जीवनमा समस्या ल्याएको हुन्छ । यो ग्रह आँफैले मानिसलाई पहिले गल्ती गराउँछ र त्यसपछि आँफैले उसलाई सजाय पनि दिन्छ । ज्योतिषशास्त्रमा राहुलाई लोभी ग्रहका रुपमा पनि लिइन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा राहु अशुभ स्थितिमा छ भने त्यो व्यक्तिले आफ्नो राम्रो-नराम्रो बुझ्दैन ।

स्वार्थ र लोभको सिकार भएर उसले यस्ता धेरै काम गर्छ, जसका कारण उसको जीवनमा अनेकन समस्या सृजना हुन्छन् । ज्योतिषशास्त्र अनुसार राहु यस्तो ग्रह हो जसले व्यक्तिको समझशक्तिलाई नष्ट गरी मनमा भ्रम पैदा गर्छ । जब कसैको कुण्डलीमा राहु अशुभ स्थितिमा हुन्छ, यसले नकारात्मक प्रभाव पार्न थाल्छ जसका कारण मानिस नराम्रो बानीको सिकार हुन्छ तथा गलत संगत राख्न पुग्छ । आफुले गल्ती गरिरहेको थाहा पाए पनि भ्रममा परेर नराम्रो काम गर्छ ।

ज्योतिषशास्त्रमा राहुलाई छाँया ग्रहसमेत भनिन्छ । राहु र केतुलाई एक हिसाबले समान ग्रह भन्न सकिन्छ तर जहाँ केतुको फल निश्चित हुन्छ, त्यहाँ राहु ग्रहलाई दुविधा र अन्योलग्रस्त मानिन्छ । राहुबाहेक अन्य सबै ग्रहको दशा, महादशा र अन्र्तदशाको प्रभावबाट जोगिन गरिने उपायहरू निश्चित समयमा सुरु हुने भए पनि राहुको अशुभ प्रभावबाट जोगिन समयमै आवश्यक उपायहरू अपनाउनुपर्छ ।

प्रतिक्रिया