बिहीबार, वैशाख २७, २०८१

सुनचाँदीको मूल्य बढ्यो

नेपालखोज २०७९ कार्तिक २९ गते १०:४२

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १ हजर रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९७ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ हजार रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । चाँदी आज पनि प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया