इभि नेपाल एक्स्पो भृकुटिमण्डपमा हुँदै

नेपालखोज २०७९ कार्तिक २९ गते १४:४४

काठमाडौं । मंसिर १६ , १७ र १८ एस. डी एक्स्पो मिडियाको आयोजनामा इभि नेपाल एक्स्पो भृकुटिमण्डपमा हुँदैछ । यो विद्धुतिय गाडी र सम्बन्धित उत्पादनको नेपालमा हुन लागेको सबैभन्दा ठुलो प्रदर्शनी हो । एस. डी एक्स्पो मिडियाको प्रमुख आयोजक रहेको यो एस्पोको सह-आयोजक भने इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । यस प्रदर्शनीलाई अटो नेपाल, पावर टल्क , कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फिउचरले सहकार्य गरेका छन् ।

विगत दुई वर्ष देखि कोभिड-१९ को महामारीका कारणले यस प्रदर्शनीमा ढिलाई भएको हो । २०२० मा हुनु पर्ने यस प्रदर्शनी अब मंसिर १६ , १७ र १८ मा हुँदैछ । यस कार्यक्रमको पहिलो उद्देश्य नेपालमा विद्धुतिय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनु हो ।

यसका साथै , यस सुन्दर अवसरले पछिल्ला दिनमा विद्धुतिय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्नेछ । पछिल्ला दशकहरूमा विद्धुतिय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उल्लेखनीय मात्रमा हाइड्रो पावरहरु पनि सञ्चालनमा आएका छन् । यो सन्दर्भमा नेपालले आफ्नो प्राथमिकता विद्धुतिय यातायातमा सारेको देखिन्छ । बिद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरुले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरु पनि कम गर्दछ ।

यसरी विद्धुतिय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जिको खपत बढाउँछ । यस प्रदर्शनी विशेष गरि विद्धुतिय कार , विद्धुतिय स्कुटर र मोटरसाइकल र साइकल , विद्धुतिय बस , विद्धुतिय ट्रयाक्टर , विद्धुतिय कार्गो लोडर , रिक्सा तथा विद्धुतिय चार्जिङ स्टेसन , ब्याट्री तथा अन्य विद्धुतिय सामाग्रीहरु प्रदर्शनमा राखिने छ । यस वृहत प्रदर्शनी १५० भन्दा बढि प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि विभिन्न देशका ब्रान्डका लागि साझा मञ्ज हुनेछ ।

यसका साथै व्यापार तथा वित्तिय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस , नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुनेछ। यस वृहत प्रदर्शनीले बिद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्नेछ । विद्धुतिय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरु पनि प्रदर्शनीमा देख्न पाइनेछ ।

विद्युतीय यातायातको क्षेत्रमा यस प्रदर्शनीले थप उर्जा प्रदान गर्नेछ । यसका साथै यसले विभिन्न अवसरहरू जुटाउँदै नयाँ विचार तथा सृजनात्मक कार्यलाई हौसला प्रदान गर्नेछ । आयोजकले यस प्रदर्शनीका लागि सहयोग गर्नु हुने सबै सहयोगी, एजेन्सीहरू, बिक्रेताहरूप्रति कृतज्ञता प्रकट गर्न गरेको छ । प्रेस बिज्ञप्तिमा आयोजकले सधैं बिद्युतीय यातायात तथा गाडीको क्षेत्रलाई सहयोग तथा प्रोत्साहन गर्नका लागि तत्पर रहने पनि बताएका छन् ।

प्रतिक्रिया