मङ्सिर ४ गते उडान नहुने

नेपालखोज २०७९ कार्तिक २९ गते १७:१५

काठमाडौं । मतदान हुने दिन मङ्सिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान नहुने भएकाे छ । उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ ।

‘चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुदैन’, विमानस्थलका प्रवक्ता सिटौलाले भने । निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन हुने उनको भनाइ छ ।

प्रतिक्रिया