वर्ष २०२३ को आर्थिक राशिफल

काठमाडाैं । नयाँ वर्ष २०२३ ले सबैका लागि केही न केही विशेष ल्याइरहेको हुन्छ । यस्तो अवस्थामा नयाँ वर्षमा आफूमाथि लक्ष्मीको कृपा कस्तो रहने हो धेरैको चासोको विषय हो ।
मेष
फागुन १३ देखि चैत १५ गतेसम्म धन आर्जनको योग छ । वैशाख र असार महिनामा पनि केहि रकम आउन सक्छ । यस बाहेक अगस्ट र सेप्टेम्बरमा पनि केही रकम आउने सम्भावना छ भने जनवरीदेखि अप्रिलसम्म खर्च बढी हुनेछ । यो वर्षको अप्रिलसम्म धनको कमी महसुस हुनेछ । अप्रिल महिनामा चाहिँ अलि बढि खर्च होला ।
समाधान – हरेक दिन रामरक्षा स्तोत्रको जप गर्ने ।
वृष
जनवरी, फेब्रुअरी, मार्च, अप्रिल तथा सेप्टेम्बर -अक्टोबर महिनामा आर्थिक अवस्था राम्रो रहनेछ । अप्रिलदेखि खर्चमा वृद्धि हुनेछ । कुनै शुभ कार्यका लागि खर्च हुने देखिन्छ । आफ्नो खुशीका सामग्रीसमेत किन्न सकिन्छ ।
समाधान – अप्रिल पछि वर्षभर रामरक्षा स्तोत्रको जप गर्ने ।
मिथुन
वर्षको सुरुदेखि नै धन आर्जन हुनेछ । गलत बाटोबाट समेत धन आर्जनको योग छ । अप्रिल महिना पछि, धन आउने गति अलि तीव्र हुनेछ । अप्रिल, मे जुलाई तथा अगस्टमा पनि मनग्गे आम्दानी गर्न सकिनेछ ।
समाधान – वर्षभरि हरेक दिन राम रक्षा स्तोत्र तथा आदित्य हृदय स्तोत्र जाप गर्ने ।
कर्कट
यो वर्ष धन प्राप्तिको सामान्य सम्भावना छ । जुलाई, नोबेम्बर तथा डिसेम्बर महिनाहरूमा राम्रो आय आर्जन होला । अक्टोबरसम्म खर्च पनि उच्च हुनेछ। त्यति बेला आफ्नो पैसा सावधानीपूर्वक खर्च गर्नुपर्नेछ ।
समाधान – इनारको कछुवालाई खानेकुरा ख्वाउनुपर्छ भने कुष्ठरोगीलाई दान गर्नुपर्छ ।
सिंह
धन आर्जनको सम्भावना कम छ । असार-साउन तथा सेप्टेम्बर-अक्टोबरमा भने आम्दानीको योग देखिन्छ । अप्रिल २०२३ सम्म खर्च बढ्नेछ । घरमा विवाह कार्यक्रम हुने वा जग्गाजमिन-घर किन्ने सम्भावना छ ।
समाधान – मंगल ग्रहको शान्तिका उपायहरू अबलम्बन गर्न आवश्यक छ ।
कन्या
जनवरी २०२३ देखि अप्रिल २०२३ सम्म राम्रो आय हुने सम्भावना छ । नोबेम्बर र डिसेम्बरमा पनि धन आर्जन होला । यदि सरकारी कर्मचारी हुनुहुन्छ भने तपाइँको पोस्टिङ फिल्डमा हुन गइरहेको छ । मेदेखि खर्चमा उल्लेखनीय वृद्धि हुनेछ । जनवरीदेखि अप्रिल तथा जुलाईदेखि अगस्तसम्म राम्रो आम्दानीको योग छ ।
समाधान – विद्वान ब्राह्मणलाई चिना देखाएर गुरुको शान्तिको उपाय अपनाउनु होला । पुस्तकहरू पनि दान गर्नुपर्नेछ ।
तुला
मेदेखि सेप्टेम्बरसम्म धन प्राप्ति भइरहनेछ । अप्रिलमा खर्चमा वृद्धि हुनेछ । यती बेला कर्मचारीहरुको आम्दानीसमेत कम होला । फागुन महिनादेखि धन आर्जनको सम्भावना छ ।
समाधान – बिहीबार व्रत बसेर विष्णु भगवान्को जप गर्नुपर्नेछ । वृश्चिक सन् २०२३ मा सामान्य कमाई होला । सेप्टेम्बर – अक्टोबर महिनामा ठूलो रकम प्राप्त हुनेछ । यसबाहेक फेब्रुअरी–मार्चमा पनि पैसा आउनेछ । तपाईले यस अवधिमा कडा परिश्रम गर्नुपर्नेछ ।
समाधान – स्नान गरेपछि तामाको भाँडोमा जल चढाएर त्यसमा रातो फूल -अक्षता राखि सूर्यको मन्त्रद्वारा सूर्य भगवान्लाई अर्पण गर्नुहोला । धन जनवरीदेखि अप्रिलसम्म, सामान्य लाभ हुनेछ । डिसेम्बर महिनामा पनि राम्रो आर्थिक लाभ प्राप्त होला ।
समाधान – शुक्रबार मन्दिरमा गएर गरिबलाई चामल दान गर्नु उपयुक्त हुन्छ ।
मकर
जनवरीदेखि अप्रिलसम्म तथा नोबेम्बर-डिसेम्बरमा धनलाभको योग छ । धन आर्जनका क्रममा पर्याप्त सावधानी अपनाउनुपर्नेछ । ब्यक्तिगत रुपमा केहि बाधा सृजना हुनसक्छ ।
समाधान – शनिबार व्रत बसेर शनि मन्दिरमा पूजा गर्नुहोला ।
कुम्भ
जनवरीदेखि अक्टोबरसम्म आर्थिक लाभ हुने सम्भावना छ । बीचमा धन हानि पनि हुन सक्छ । वैशाखदेखि भदौसम्म राम्रो धनराशी जोरिने आशा छ । असार, साउन र डिसेम्बर महिनामा राम्रै धन आर्जन गर्न सकिनेछ । जुलाई, अगस्ट, सेप्टेम्बर तथा अक्टोबर महिना आयका दृष्टिले सामान्य रहनेछन् । नोबेम्बर र डिसेम्बरमा कमाई बढ्नेछ ।
समाधान – घरबाट निस्कनुअघि आमाबुवाको आशीर्वाद लिनुहोस् ।
मीन
चैतदेखि जुन महिना सम्म राम्रो धन आर्जनको सम्भावना छ । यसबाहेक जनवरी र फेब्रुअरीमा समेत धन प्राप्त हुनेछ । साउन र भदौमा पनि केही रकम आउने सम्भावना छ । यो वर्ष तपाईले धनको कमीसमेत महसुस गर्नुहुनेछ ।
समाधान – शनि ग्रह शान्तिको उपाय अपनाउनु होला ।

प्रतिक्रिया