नेपालले यूएईलाई ३ विकेटले हरायाे

काठमाडाैं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई हराएकाे छ । आज बुधवार भएकाे खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएको हो । यूएईले दिएकाे १ सय ९२ रनकाे लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि गुलशन झा र आरिफ शेखले साताैँ विकेटका लागि ६२ रनकाे साझेदारी गरेका थिए । त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएई ४३ ओभर २ बलमा १ सय ९१ रन बनाएर अलआउट भएको थियो । यूएईका मुहम्मद वासिमले ५० तथा अलिशन शरफुले ३५ रन बनाए ।
नेपालका सोमपाल कामी र ललित राजवंशीले तीन – तीन विकेट लिए ।य स्तै करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक-एक विकेट लिए ।
याे जितसँगै नेपालले तीन खेलकाे शृङ्खलामा एक–एककाे बराबरी गरेकाे छ । यसअघि भएकाे पहिलाे खेलमा यूएई ८४ रनले विजयी भएकाे थियाे । तेस्राे तथा निर्णायक खेल आउँदाे शुक्रबार हुनेछ ।
प्रतिक्रिया