आइतबार, जेठ ६, २०८१

नेपालले यूएईलाई ३ विकेटले हरायाे

नेपालखोज २०७९ कार्तिक ३० गते १८:२१

काठमाडाैं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई हराएकाे छ । आज बुधवार भएकाे खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएको हो ।  यूएईले दिएकाे १ सय ९२ रनकाे लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि गुलशन झा र आरिफ शेखले साताैँ विकेटका लागि ६२ रनकाे साझेदारी गरेका थिए । त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएई ४३ ओभर २ बलमा १ सय ९१ रन बनाएर अलआउट भएको थियो । यूएईका मुहम्मद वासिमले ५० तथा अलिशन शरफुले ३५ रन बनाए ।

नेपालका सोमपाल कामी र ललित राजवंशीले तीन – तीन विकेट लिए ।य स्तै करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक-एक विकेट लिए ।

याे जितसँगै नेपालले तीन खेलकाे शृङ्खलामा एक–एककाे बराबरी गरेकाे छ । यसअघि भएकाे पहिलाे खेलमा यूएई ८४ रनले विजयी भएकाे थियाे । तेस्राे तथा निर्णायक खेल आउँदाे शुक्रबार हुनेछ ।

प्रतिक्रिया