चौबीस घण्टामा थप २०५ जनामा संक्रमण पुष्टि, ४३६ डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट पीसीआर र एन्टिजेन गरी १० हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा एक दशमलव नौ प्रतिशत अर्थात् दुई सय पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेको छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा थप ४३६ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ४ हजार ५४४ पुगेको छ । नेपालमा संक्रमणदर निको हुने ९७ दशमलव ८ प्रतिशत रहेको छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५४१ पुगेको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप ५७ हजार ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया