आज राति १२ बजेपछि के-के गर्न मिल्दैन ?
नेपालखोज
२०७९ मंसिर १ गते ६:५६

काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेबाट निर्वाचन प्रचारप्रसार गर्न नपाइने जनएकाे छ । निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आादी गर्न नपाइने जनाएको हाे ।
मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेद्वारका प्रचारप्रसार सामग्रीसमेत हटाउनु पर्ने विभागले उल्लेख गरेकाे छ । त्यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा सेयरसमेत गर्न वा गराउन नपाइने विभागले उल्लेख गरेकाे छ ।

सम्बन्धित

प्रतिक्रिया