पर्यटनमन्त्री श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने, मञ्जुरीनामा पत्रमा हस्ताक्षर

नेपालखोज २०७९ मंसिर १ गते ११:२०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका बिभिन्न अंग मृत्युपश्चात जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी अंगदानको घोषणा गरेका छन् । मन्त्री श्रेष्ठले मृत्यु पश्चात मिर्गौला/मुटु/फोक्सो/कलेजो/प्याङक्रियाज/सानो आन्द्रा दान दिने मञ्जुरी नाममा हस्ताक्षर गरेका हुन् ।

मञ्जुरीनामामा भनिएको छ, ‘मेरो मृत्यु पश्चात मेरो शरीरबाट मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा झिकी मृगौला, मुटु, फोक्सो, कलेजो, प्याक्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकोले मानव शरीरको अंग प्रत्यारोपण ‘नियमित तथा निषेध’ ऐन २०५५ को दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम् जानी बुझी स्वेच्छाले यो मञ्जुरीनामा लेखि दिएको छु ।’

आफूले दान गरेका अंगबाट कुनै बिरामीले पुनर्जीवन पाउने भएकोले अंगदानको घोषणा गरेको मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया