आइतबार, जेठ ६, २०८१

विश्वकप फुटबल-२०२२ : सबै विश्वकप खेल्ने देश ब्राजिल

नेपालखोज २०७९ मंसिर २ गते ७:०५

काठमाडाैं । विश्वकप फुटबल भन्ने वित्तिकै ब्राजिलको सम्झना आउँछ । फुटबल, ब्राजिल तथा महान खेलाडी पेले पर्यावाची जस्तै भइसकेका छन् । ब्राजिलको नाममा अनौठो कीर्तिमान छ ।

अहिलेसम्म २१ पटक विश्वकप भएको छ र ती सबैमा छनोट हुने र खेल्ने ब्राजिल एक्लो टिम हो । यस्तै ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ । पेले तीन पटकको विश्वकप बिजेता भएका छन् ।

ब्राजिलले अब २२औं पटक विश्वकप खेल्दैछ । यसैगरी जर्मनीले १९ पटक विश्वकप खेलेको छ । यस्तै अर्जेन्टिनाले १७ तथा मेक्सिकोले १६ पटक विश्वपटक खेलेका छन् ।

प्रतिक्रिया