सुनकाे भाउ बढ्याे, चाँदीकाे घट्याे

नेपालखोज २०७९ मंसिर २ गते ११:१६

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेकाे छ भने चाँदीकाे भाउ घटेकाे छ । छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९८ हजार १ रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज पनि प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया