सोमबार, पुष ७, २०८२

अभियान लघुवित्तले वार्षिक साधारण सभा अवसरमा गर्‍याे रक्तदान

नेपालखोज २०७९ मंसिर २ गते १३:१४

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिले आफ्ना तेस्रो वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । संस्थाको स्थापना लगतै कोभिडको कारणले अर्थतन्त्र अस्तव्यस्त भएको जटिल अवस्थादेखि तरलताको अभाव भएको यस कठिन आर्थिक सामाजिक परिस्थितिमा निष्ठापूर्वंक काम गर्ने कर्मचारी वर्ग तथा साथ सहयोग गर्ने समस्त ग्रहक सदस्यप्रति संस्थाकोतर्फबाट अध्यक्ष बाबुराम थापाले विशेष धन्यवाद ज्ञापन गरे ।

केन्द्रिय कार्यालय पनौती, ४ काभ्रेमा रहेको संस्थाले पनौती बसपार्कमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको विभिन्न शाखा कार्यालयमा समेत बार्षिकोत्सवको अवसरमा रक्तदान बृक्षारोपण, वितिय साक्षरता जस्ता विभिन्न कार्यक्रमको आयोजना गरिएको संस्थाका का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले जानकारी दिए ।

राष्ट्रियस्तरको संस्थाले सातवटा प्रदेशका २१ जिल्लामा ६० शाखा मार्फत २८ हजार सदस्यलाई सेवा प्रदान गदै आएको छ । संस्थाको चुक्ता पुँजी २५ करोड रहेको छ । आगामी दिनहरुमा यहाँहरुको साथ,सहयोग र सद्भावको अपेक्षा गर्दै सम्पूर्ण ग्राहकहरुको सेवा तथा सुविधालाई अझ सुदृढ बनाँउदै लैजान प्रतिबद्धता संस्थाका प्रमुख कार्यकारी अधिकृतले व्यक्त गरेका छन् ।

प्रतिक्रिया