इटालियन चर्चहरूमा यौन दुर्व्यवहार

काठमाडाैं । इटालीको क्याथोलिक चर्चले नाबालिग तथा अरूमाथि हुने यौन दुर्व्यवहार र सम्बन्धि आफ्नो पहिलो रिपोर्ट सार्वजनिक गरेको छ । पीडितका अधिवक्ताहरू वास्तविक संख्या धेरै बढी रहेको र प्रतिवेदनको सीमित दायराका कारण यसको आलोचना भएको बताउँछन् ।
४१ पृष्ठको प्रतिवेदनमा २०२०-२१ का विवरण समावेश छन । अर्को प्रतिवेदनमा सन् २००० सम्मका मुद्दाहरूको विवरण दिने वाचा गरिएको छ। यद्यपि उक्त रिपोर्ट कहिले सार्वजनिक हुन्छ भन्ने बिषयमा कुनै जानकारी दिइएको छैन ।
पीडितहरुले यस विषयमा विस्तृत छानबिनको माग गरेका छन् । यससँगै इटाली बाहिर फ्रान्स र जर्मनीमा भएका यौन दुर्व्यवहारका घटनालाई पनि समावेश गर्न माग गरिएको छ । यौन दुर्व्यवहारको पहिलो रिपोर्ट २०२०-२१ मा यी वर्षहरूमा दर्ता भएका मुद्दाहरूको विवरण समावेश छ । यद्यपि उक्त घटनाहरू ती वर्षहरूमा भएका हुन् भन्ने छैन। यो प्रतिवेदन उत्तरी इटालीको क्याथोलिक विश्वविद्यालयले तयार पारेको हो । रिपोर्टमा ८९ जनाको शोषण भएको र शोषण गर्ने ६८ जना भएको कुरा उल्लेख छ ।
यिनीहरूमा पादरीहरूसँगै चर्चको काम गर्ने वा धर्म सिकाउने मानिसहरू पनि थिए। यो प्रतिवेदन डायोसिसको ‘श्रोता केन्द्र’ तथा अगाडि आएर गुनासो गर्न्र थोरै व्यक्तिबाट तथ्यांक संकलन गरि तयार पारिएको हो । यसमा करिब ५३ प्रतिशत केस हालसालैका छन् भने बाँकी पुराना छन्, यद्यपि प्रतिवेदनले ती घटना कहिले घटेका हुन निर्दिष्ट गरेको छैन।
प्रतिवेदनको आलोचना : दुर्व्यवहार नेटवर्कका प्रमुख फ्रान्सेस्को जानार्डी भन्छन् : ‘यो बिल्कुल अपर्याप्त र लाजमर्दो हो।’ यो संस्थासँग इटालीका चर्चहरूमा यौन दुर्व्यवहारको सबैभन्दा ठूलो डिजिटल संग्रह छ। जनार्दी भन्छन्, ‘यो पहिलेदेखि नै लाजमर्दो छ किनभने यसमा सन् २००० पछिका मुद्दाहरूलाई मात्र ध्यानमा राखिएको छ।’ प्रतिवेदनमा उल्लेखित शोषणका घटनाको संख्या सोचेभन्दा बढी रहेको पनि उनले बताए । जनार्दीले भने, ‘यदि यो संख्या सहि हो भने यो धेरै हो तर वास्तविक संख्या त्यो भन्दा बढी छ । पछिल्ला २२ वर्षमा यो संख्या कम्तीमा २ हजार हुने उनको भनाइ छ ।
बाल यौन दुर्व्यवहार : चर्चका अधिकारीहरूले एक पत्रकार सम्मेलनमा यो रिपोर्ट जारी गरे र यसलाई सही बताए । ‘यो केवल सुरुवात हो,’ आर्चबिशप लोरेन्जो गिजोनीका अनुसार रिपोर्टिङ प्रणाली लागू भएपछि र पीडितहरू सहज भए पछि थप पीडितहरू अगाडि आउने आशा छ । गुनासो गर्न सजिलो हुनेछ : गिजोनी भन्छन् – इटालियन चर्च पीडितहरूलाई अगाडि आउन र गुनासो गर्न सजिलो बनाउन चाहन्छ। पीडितलाई दबाब दिन नपरोस् भनेर चर्चबाहिर श्रवण केन्द्र बनाउने कुरा पनि भइरहेको छ । श्रवण केन्द्र बनाएर पीडितलाई प्रशासनमा जानबाट रोक्न नचाहेको बरु त्यसका लागि हौसला दिने चर्चका अधिकारीहरू बताउँछन् ।
इटालीका पीडित समूहहरूले वर्षौंदेखि चर्चप्रति आफ्नो निराशा व्यक्त गर्दै आएका छन्। उनीहरूले यस विषयमा स्वतन्त्र छानबिनको माग गरेका छन् र उनीहरू गएको शताब्दीका कम्तीमा केही वर्ष समावेश गर्न चाहन्छन्। चर्चहरुमा दोस्रो विश्वयुद्धपछिको अवधिमा सबैभन्दा बढी शोषण भएको मानिन्छ । विश्वव्यापी यौन दुर्व्यवहारको संकटले रोमन क्याथोलिक चर्चको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याएको छ।
प्रतिक्रिया