विश्वकप फुटबल-२०२२ पाँच अर्ब मानिसले हेर्ने

नेपालखोज २०७९ मंसिर ३ गते ७:२६

काठमाडाैं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व नेताहरूलाई तनाव र द्वन्द्वलाई पन्छाएर विश्वकपको मजा लिन आग्रह गरेका छन् । उनले उक्त कुरा हालै बालीमा सम्पन्न जि -२० शिखर सम्मेलनमा सहभागी बिश्वका प्रमुख नेताहरू सम्बोधन गर्दै बताएका हुन् ।

विश्वकप मङ्सिर ४ गते आइतबारदेखि (नोबेम्बर २० देखि डिसेम्बर १८ सम्म )कतारमा आयोजना हुँदैछ । ‘विश्व कप आनन्द र एकताको अवसर हुनुपर्छ । यसले आशाको सन्देश दिनुपर्छ,’ इन्फान्टिनोले न्युज एजेन्सी सिन्ह्वालाई भनेका छन् । फिफा अध्यक्षले फुटबल विश्वमा सयौं अर्ब अमेरिकी डलरको जीडीपी भएको महत्वपूर्ण आर्थिक गतिविधि हो, यसले लाखौं रोजगारी सिर्जना गर्छ र आर्थिक वृद्धिलाई गति दिन्छ ।

इन्फान्टिनोले कतारमा हुने विश्वकप पाँच अर्ब मानिसले हेर्ने अपेक्षा गरेका छन् अर्थात विश्वको आधाभन्दा बढी जनसंख्याले यो विश्वकप हेर्ने छ । ‘फुटबलले मानिसको भावनालाई छुन्छ । यो खेलप्रति मानिसहरूको क्रेजको कुरा हो । जब तपाइँ केटी वा केटालाई फुटबल दिन्छन् तब उनीहरूको ओठमा मुस्कान छाउँछ, यो नै यसको स्वन्दर्य हो ।’ उनले भने ।

प्रतिक्रिया