प्रतिनिधि र प्रदेश सभा निर्वाचनकको तयारी पूरा : प्रमुख निर्वाचन आयुक्त

नेपालखोज २०७९ मंसिर ३ गते १४:३६

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने मथदानका लागि आयोगले तयारी पूरा गरेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । थपलियाले सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान समेत गरेका छन् ।

‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान हुने भएकाले यो ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदाताहरूलाई हार्दिक आह्वान गर्दछ ,’ उनले भनेका छन ।
मतदानको दिन सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमन लगायतका सवारीसाधनलाई अनुमति लिनुनपर्ने व्यवस्था छ।

यस्तै आयोगले मतदान अधिकृत तथा कर्मचारीलाई कर्तव्य पालना गर्न नदिने, मतदाताको बाटो छेक्ने, बुथ कब्जा गर्न खोज्ने, मत संकेत सार्वजनिक गर्ने, अधिकारबिना मतदान गर्न खोज्ने जस्ता कार्य गर्नेहरुलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया